काठमाडौं। विद्यालय कर्मचारीको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता समिति बनाएको छ।मन्त्रालय स्रोतको अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा पाँच सदस्य वार्ता समिति बनेको छ। तर, विद्यालय कर्मचारीहरुको छाता संगठन विद्यालय कर्मचारी परिषद्ले भने यसपटक सहमतिमा मात्रै नमान्ने अडान लिँदै आएको छ।
बजेटले विद्यालय कर्मचारीहरुको माग सम्बोधन नगरेको भन्दै जेठ २० गतेदेखि आन्दोलन गरिरहेका उनीहरुले असार २ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका छन्।जेठ २७ गतेदेखि भद्रकालीमा रिले अनसन गरिरहेका विद्यालय कर्मचारीहरुलाई विहिबार प्रहरीले हस्तक्षेप गर्दै पाँच जना पक्राउ गरेर साँझ छोडेको थियो।
उनीहरुले सहायक (लेखापाल)हरुका लागि ३६ हजार ७३० रुपैयाँ, विद्यालय सहयोगीहरुका लागि २६ हजार २१० रुपैयाँको तलब ग्यारेन्टी गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग राख्दै आन्दोलनरत छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूको अनुगमन गर्ने
विश्वविद्यालयमा बन्द, हडताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य छैन : शिक्षामन्त्री भट्टराई
विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजमाथि कडाइ गर्दै शिक्षा मन्त्रालय
३ दिन विद्यालय बन्द गर्न सरकारको आग्रह
शैक्षिक प्रतिष्ठानका कामको विवरण सङ्कलन गर्दै शिक्षा मन्त्रालय
शिक्षा मन्त्रालयमा शासकीय सुधार इकाई गठन