कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकको आन्दोलन सफल, आठ निजी क्याम्पसलाई दिइएको सम्बन्धन खारेज

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०७५, १४ : २७
कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकको आन्दोलन सफल, आठ निजी क्याम्पसलाई दिइएको सम्बन्धन  खारेज

काठमाडौं । कृषि तथा वनविज्ञान विश्वविद्यालयले दिएको आठ कलेजको सम्बन्धन खारेज  भएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले फेसवुकमा स्टाटस् लेखेर यो जानकारी दिएका छन् । चितवनको भरतपुरमा रहेको कृषि तथा बन अध्ययन विश्वविद्यालयको कार्यकारी समितिले ८ वटा निजी क्याम्पसहरुलाई बिना छलफल लुसुक्क सम्बन्धन दिएको थियो ।

त्यसपछि यसको विरोध शुरु भएको थियो । विश्वविद्यालयको कार्यकारी समितिमा उपकुलपति इश्वरीप्रसाद ढकालको संयोजकत्वमा रजिष्ट्रारसहित कृषि, बन तथा भेटेनरी संकायका ३ जना डीन र प्राध्यापकहरुको समूहबाट २ जना प्राध्यापक रहेका छन् ।

सो विश्वबिद्यालयले एक बर्ष अघि पनि निजी क्याम्पसलाई सम्बन्धन दिने तयारी गरेको थियो । तर बिद्यार्थीहरुको आन्दोलन पनि पछाडि हटेको थियो । सम्पूर्ण प्राध्यापक तथा बिद्यार्थीले निजी कलेजलाई दिइएको सम्बन्धन फिर्ता लिन माग गर्दै आन्दोलन चर्काएपछि विश्वविद्यालयको प्राशासनिक, शैक्षिक तथा अनुसन्धानको काम प्रभावित भएको थियो ।
विश्वविद्यालयले चितवनको गैडाकोटमा २ वटा, नवलपरासीको भूमईमा १ वटा बाँकेको कोहलपुरमा १ वटा, ललितपुरमा १ वटा र अन्य ठाँउमा ३ वटा गरी ८ वटा नीजि क्याम्पसलाई सम्बन्धन दिएको थियो । यसमा ७ वटा कृषिका लागि र एउटा बन बिज्ञान विषय अध्ययनका लागि सम्बन्धन दिइएको हो ।

यो पनि
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले दियो आठ निजी क्याम्पसलाई सम्बन्धन

प्रतिक्रिया दिनुहोस