‘भद्रगोल’ फेरि बन्द, यस्तो छ कारण

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०७५, ०८ : ४८
‘भद्रगोल’ फेरि बन्द, यस्तो छ कारण

काठमाडौं । चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ फेरि बन्द भएको छ । कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ‘भद्रगोल’ बन्द भएको हो । भद्रगोलसँगै नेपाल टेलिभिजनबाट प्रशारण हुने सबै टेलिसिरियल अहिले बन्द भएका छन् ।

मिडिया हबले हास्य टेलिश्रृंखला भद्रगोल (शुक्रबार), जिरे खुर्सानी (बिहिबार) मेरी बास्सै (मंगलबार) र ब्रेक फेल (सोमबार) तथा पारिवारिक टेलिश्रृंखला परिचय (आइतबार) उत्पादन गरेर प्रशारण गर्दै आएको थियो । ती टेलिश्रृंखला प्रशारणका लागि नेपाल टेलिभिजनसँग तीन वर्षका लागि गरेको सम्झौता समाप्त भएको मिडिया हबका सञ्चालक सोम धितालले बताए ।

प्रतिक्रिया दिनुहोस