‘सिंहदरबार–२’ अब युट्युबमा पनि हेर्न सकिने (भिडियोसहित)

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०७५, १५ : ४४

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएस्एआर्इडी) को सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले शुभ मिडिया होमसँगको साझेदारीमा उत्पादन गरेको बहुप्रतिक्षित टेलिश्रृंखला ‘सिंहदरबार–२’ अब युट्युबमा पनि हेर्न सकिनेछ ।

हरेक शनिबार बेलुका ८ः५० देखि नेपाल टेलिभिजनमा प्रसारण हुने श्रृंखला सोमबार दिउँसो १ बजेर ५ मिनेट मा पुनःप्रसारण हुन्छ साथै युट्युबमा पनि अपलोड गरिनेछ । ‘सिंहदरबार’को पहिलो सिजनको निरन्तरताको रुपमा सर्च नेपालले दोस्रो सिजनको निर्माण गरी प्रसारण गरेको हो ।  

टेलिश्रृंखलाको यो सिजन, संघीय संरचनामा जाँदा नेपालले सामना गर्ने चुनौति र अवसरहरुमा केन्द्रित छ । नेपालमा संघीय संरचना तथा त्यससँग सम्बन्धित नीति र योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न  महिला प्रधानमन्त्री आशा सिंह कसरी सफल हुन्छिन् भन्ने कुरालाई दोश्रो सिजनमा देखाइएको छ ।

नवीन सुब्बाले निर्देशन गरेको यो टेलिश्रृंखलामा रमेश रन्जन झा, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, आलोक थापा, बादल भट्ट, देशभक्त खनाल, प्रकाश घिमिरे, हेमन्त चालिसे, प्रभात रिमाल, सुरेश चौधरी, सबिना गोपाली, रेम विकलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस