महालक्ष्मी विकास बैंक को मेहेन्दी कार्यक्रम २०७५ सञ्चालनमा

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०७५, १३ : ४१
महालक्ष्मी विकास बैंक को मेहेन्दी कार्यक्रम २०७५ सञ्चालनमा

महालक्ष्मी विकास बैंक लि. ले महिला ग्राहकका लागि पहिलोपटक मेहेन्दी कार्यक्रम २०७५ आयोजना गरेको छ । मिति २०७५/०४/१३ गते आइतबारबाट सञ्चालनमा आएको उक्त कार्यक्रम उपत्यकामा अवस्थित बैंकका विभिन्न ६ वटा शाखाहरुमार्फत साताभरि नै जारी रहनेछ । बैंकले सो कार्यक्रम राजधानी भित्रका बसुन्धारा, महाराजगञ्ज, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, तथा दरबारमार्ग शाखाहरुमा पालैपालो गर्नेछ ।

यस कार्यक्रममा इच्छुक महिला ग्राहकहरुले आफुलाई पायक पर्ने शाखामा गई निःशुल्क रुपमा आर्कषक मेहेन्दी लगाउन सक्नुहुनेछ । बैंकले श्रावण महिनाको अवसर पारी नेपाली नारीहरुलाई लक्षित गर्दै हिन्दु संस्कृतीको जर्गेना गर्ने प्रयास स्वरुप उक्त कार्यक्रम गरेको हो । बैंकले श्रावण १३ गते बसुन्धारा शाखामा मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ ।

पहिलो दिनमै मेहेन्दी लगाउन आउनुहुने महिला ग्राहकको सकारात्मक प्रतिकृया बटुलेको महालक्ष्मी विकास बैंकले क्रमश: महाराजगन्ज, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, तथा दरबारमार्ग शाखाहरुमा श्रावण १४ देखि श्रावण १८ सम्म सो कार्यक्रम सञ्चालनमा ल्याउने छ ।

 

प्रतिक्रिया दिनुहोस