एनआई सी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बिच भयो यस्तो सम्झौता

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०७५, १३ : १३
एनआई सी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बिच भयो यस्तो सम्झौता

काठमाडौं  । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चावहिलले एनआईसी एसिया बैंक लिमिटेडका कर्मचारी र ग्राहकलाई उपचारमा १० प्रतिशतसम्म छुट दिने भएको छ ।

दुवै संस्थाबीच भएको भएको सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहक वर्गलाई ओम हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने जनाइएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावल र हस्पिटलको तर्फबाट ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।

सर्वसाधारणले गरेको भरोसाले गर्दा मुलुकभर २ सय ३३ शाखा, २ सय २१ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर र १५ वटा शाखारहित बैंकिङ्ग इकाइमार्फत् सेवा प्रदान गरेर मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार १ सय ७४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने निक्षेप करीब १ सय ४९ अर्ब रुपैयाँ पुगेर निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । कर्जातिर करीब १ सय २० अर्ब रुपैयाँसहित निजी क्षेत्रका बैंकमध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

बैंकमा ग्राहकको संख्या करीब ११ लाख ७५ हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको सूचना अधिकारी पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस