बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको घरमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मणिग्रामस्थित भुसालको घरमा पुगेका हुन् ।
प्रधानमन्त्रीले घनश्यामको घरमा पुगेर भुसाल परिवारलाई समवेदन व्यक्त गरेका छन् । भुसालका पिता जगन्नाथ भुसालको आइतबार निधन भएको थियो । प्रधानमन्त्रीले भुसाल परिवारलाई समवेदना व्यक्त गर्दे शोकलाई शक्तिमा बदल्न अनुरोध गरे । उनले जन्मपछि मृत्यु स्वभाविक रहेको बताउँदै मृत्यु संस्कारलाई सबैले स्वीकार्नुको विकल्प नरहेको जनाए ।
प्रधानमन्त्री दाहालसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, परराष्ट्रमन्त्री एनपी साउद, वन तथा वातावरण मन्त्री डा.वीरेन्द्रप्रसाद महतो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, संघीय सांसद तथा पूर्वमन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्य लगायत भुसाल निवासमा पुगेका थिए । स्वर्गीय जगन्नाथ भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री दाहालको सम्पत्तिः चितवनमा १५ कट्ठाको घर-घडेरी, २५ लाख मौज्दात
सत्तारुढ दलको बैठक बोलाउने प्रधानमन्त्री प्रचण्डको तयारी
स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
चुरे क्षेत्रमा एक करोड बाँस रोप्छौँ : प्रधानमन्त्री
विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री प्रचण्ड