काठमाडौं।प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा बस्न नसकेको हो ।
प्रतिनिधिसभा बैठकअघि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठकमा नेकपा एमाले र राप्रपाले संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको छ । दलहरुबीच सहमति नभएपछि समयमा बैठक सुरु हुन नसकेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक अझै सुरू हुन सकेन
‘माओवादी हिंसा’ शब्द नहटाएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
प्रतिनिधिसभा बैठकको कार्यसूची हेरफेर
गगनप्रति रविको प्रश्न- मैले सहकारीबाट ऋण लिएको प्रमाण खोइ ?
भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन एमाले सांसदलाई ह्विप