काठमाडौँ । बागमती प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयले विद्यालयमा खटाइएका नर्सलाई विषय शिक्षकको रूपमा काम काज गराउने विद्यालय कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न स्थानीय तहमा कार्यरत विद्यालय नर्सलाई विषय शिक्षकको रूपमा कामकाज गर्न लगाउँदै आएको अनुगमन र निवेदन मार्फत जानकारी पाएको भन्दै कार्य रोक्न निर्देशन दिएको हो ।
‘सबै स्थानीय तहमा कार्यरत विद्यालय नर्सलाई सोही कार्यविधि अनुसार कार्य गर्न गराउन अनुरोध छ ।’ विज्ञप्तिमा उल्लेख छ ।एक विद्यालय एक नर्स कार्यक्रम २०७८ कार्यविधिको दफा ४० बमोजिम विद्यालय नर्सलाई शिक्षकको रूपमा काम लगाउन नहुने उल्लेख गरिएको छ ।
एक विद्यालय एक नर्स कार्यक्रम आ.व. २०७९÷८० सम्ममा ११९ वटा स्थानीय तहका ५१९ वटा विद्यालयमा लागु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरुमै औषधी सेवन गरे हात्तीपाइले रोगबाट बच्न सकिन्छ : स्वास्थ्य मन्त्रालय
जलनको निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिइन्छ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य मन्त्रालयमा आवश्यक स्वास्थ्य जनशक्ति थप्ने बाटो खुल्यो
एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले थाल्यो जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया
स्वास्थ्य मन्त्रालयमा विज्ञ सल्लाहकार समिति गठन