काठमाडौं । राष्ट्रिय सभाको मंगलबारका लागि बोलाइएको बैठक बुधबार बस्नेगरी सारिएको छ । मंगलबार बिहान ११ः११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बुधबार बिहान ११ः११ बजे बस्नेगरी सारिएको संघीय संसदका महासचिप डा भरतराज गौतमले जानकारी दिए ।
महासचिव गौतमले मंगलबार प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘मिति २०८० साल जेठ २३ गते मङ्गलबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २४ गते बुधबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक बिहिबार सवा १२ बजेसम्मका लागि स्थगित
राष्ट्रियसभा बैठक पनि अवरुद्ध
दलितको घर भत्काइएको घटना : छानबिन गर्न संसदीय समिति गठनको माग
राष्ट्रियसभाको बैठक आइतबार बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
राष्ट्रियसभा बैठक सुरु, यस्ता छन् कार्यसूची
राष्ट्रियसभा बैठक चैत ४ गतेसम्म स्थगित