काठमाडौं । एक घण्टा ढिलो गरेर प्रतिनिधि सभा बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।
त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए। गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।
यसअघि प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै 'पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको' आरोप लगाएका थिए। त्यसपछि एमाले सांसदहरू बसेका ठाउँबाट पुन: उठेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ जेठ २०८०, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् बैठकको कार्यसूची निर्धारण, पहिलो दिनमै अध्यादेश पेश हुने
संसद् बैठक सुरु भएन, सभामुख र प्रमुख सचेतकबिच छलफल जारी