किसानलाई राज्यले अनुदान दिनैपर्छ : बाबुराम भट्टराई

सफल खबर संवाददाता

बुधबार, १० जेठ २०८०, १९ : २९
किसानलाई राज्यले अनुदान दिनैपर्छ : बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले किसानलाई राज्यले अनुदान दिनैपर्ने बताएका छन्। बुधवार माईतीघर मण्डलामा उखु किसानहरुले गरेको आन्दोलनलाई ऐक्यवद्धता जनाउनु पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन्।

उनले भने, ‘ हामी हाम्रै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गरिरहेका छौँ, यस्तो स्थितिमा राज्यले किसानलाई अनुदान दिनैपर्छ । यो संसारको नियम हो।’

उनले उखु लगायतका किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिष्पर्धा गर्न नसकेको बताए। उनले कृषि अर्थतन्त्र धराशायी बनेको बताए।

उनले भने, ‘उखु लगायतका किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिष्पर्धा गर्न नसकेर हाम्रो कृषि अर्थतन्त्र पूरै धराशायी भएको छ।’

उनले आफ्नै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस