चितवन । भरतपुर अस्पतालमा प्रसुती सेवा लिने महिलाले यातायात खर्च बापत दुई हजार रुपैयाँ पाउन थालेका छन् । सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका अनुसार उक्त रकम पाएका हुन् ।
भरतपुर अस्पतालले जेठ १ गतेदेखि प्रसुती लिएका महिलालाई जनही दुई हजार रुपैयाँ नगद दिन थालेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।त्यस्तै, चार वटा पूर्व प्रसुति जाँच कुनै पनि सरकारी स्वास्थ्य संस्थामा गराएको रेकर्ड भएमा थप ८०० रुपैयाँ पनि दिइने उनले बताए । उनका अनुसार अस्पतालबाट दैनिक ३० जनासम्मले प्रसुति सेवा लिने गरेका छन् ।
अस्पतालले यसअघि प्रसुती सेवा लिने महिलालाई एक हजार रुपैयाँ यातायात खर्च दिने गरेको थियो । सरकारले हिमाली जिल्लामा प्रसुति सेवा लिनेलाई तीन हजार, पहाडी जिल्ला, भित्रि मधेषका जिल्ला र काठमाडौँ उपत्यकाका जिल्लाका महिलालाई दुई हजार रुपैयाँ र तराई जिल्लाका महिलालाई एक हजार रुपैयाँ यातायात खर्च दिने निर्देशिका बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १० जेठ २०८०, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट
चितवनमा चिसोका बिरामी बढे, सावधानी अपनाउन आग्रह
भरतपुर अस्पतालमा टोकन प्रणाली सुरु, भीड व्यवस्थापन सहज
भरतपुर अस्पतालमा शल्यक्रियाका क्रममा महिला मृत्यु प्रकरण : ९ सदस्यीय छानविन समिति गठन
भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एकजनाको मृत्यु
स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड