चितवन । ट्रकको ठक्करबाट चितवनमा स्कुटर चालकको ज्यान गएको छ । आइतबार बिहान चितवन भरतपुर महानगरपालिका-१२ टिकौली जाँदै गरेको ट्रकले सोही दिशामा जाँदै गरेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ना.४ ख ६६७४ नम्बरको ट्रकले बागमती प्रदेश ०३-००२प ७६८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर महानगरपालिका-११ का २० वर्षीय सागर तामाङको मृत्यु भएको हो ।
उनको स्कुटर पछाडि सवार २० वर्षीय विशान्त ढकालको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको पनि अवस्था गम्भीर छ । विशान्तको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
ट्रक चालक तनहुँ घुमाउने नगरपालिका-४ बस्ने ५० वर्षीय ढकबहादुर गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु
जवाङ खोला नजिक ट्रक र कार ठोक्किए , कार चालक घाइते
कारले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु
धनकुटामा बस र ट्याङकर ठोक्किंदा १२ जना घाइते
कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु
चितवनको राप्तीमा ट्रक र टिपर आपसमा ठोक्किँदा चार जना घाइते