रसुवा । नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन सुरु भएको छ । तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिब ३५ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी रहेको बताए । उनले यसअघि नै ट्रान्सपोर्टले ३५ सय टन कृषि सामग्री र ४ हजार टन साल्ट टेनिङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाई सकिएको बताए ।
सत्यालले केही समय अघि नै आउनुपर्ने मल कोभिडको कारणले रोकिएकाले अहिले आएको बताए । उनले तातोपानी भन्सारको मल राख्ने क्षमता सात हजार १ सय टन रहेकाले अहिलेको लागि त्यति बराबरको मल ल्याउने तयारी गरेको बताए । उनले बाँकी मल चीनको सिगात्सेमा ल्याएर राखिएको बताए । तातोपानी नाकाबाट पछिल्लो पाँच दिनमा दैनिक ९ वटासम्म मलका कन्टेनर ल्याएको उनले बताए । उनले सडक मार्ग राम्रो भएको खण्डमा नेपालमा आवश्यक पर्ने ५० प्रतिशत मल चीनबाट ल्याउन सकिने बताए उहाँले सिल्क ट्रान्सपोर्ट कम्पनीले सरकारलाई समयमा नै मल ल्याएर दिने गरी आयात गरिरहेको बताए
रासायनिक मल चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट तातापानी नाकासम्म कन्टेनरमार्फत मल ल्याइएको सिल्क कम्पनीले जानकारी दिएको छ । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदेयसिंह बिष्टले खाद्यान्न, लत्ताकपडा, इलेकट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेकामा पछिल्लो यो साता रासायनिक मल आयात भइरहेको बताए । उनले चीनबाट तातोपानी नाका हुँदै आयात एकदमै कम रहेको बताए । पछिल्लो समय आयात भइरहेको अवस्था हेर्दा भन्सार कार्यालयले राजश्व सङ्कलन गर्ने लक्ष्य पूरा गर्न नसक्ने अवस्थामा रहेको उनको भनाइ छ ।
उनले तातोपानी नाकाबाट चालु आर्थिक वर्षमा ४ अर्ब ६२ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य भए पनि अहिलेसम्म २ अर्ब ५४ करोड अर्थात ४५ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको बताए । तातोपानी नाकामा भइरहेको आयातको अवस्थालाई हेर्दा कम्तीमा ६२ प्रतिशतसम्म राजश्व सङ्कलन हुने अवस्था देखिएको विष्टले बताए । त्यस्तै,तातोपानी भन्सार व्यवस्थापनको जिम्मेवारी पाएको ट्रान्सिल ट्रमिनल्सका प्रबन्धक अनिरुद्र थापाले पछिल्लो एक सातादेखि दैनिक ८ कन्टेनगर रासायनिक मल आयात भइरहेको बताए । तातोपानी नाकामा पछिल्लो समय दैनिक ३ सय टन मल आयात भइरहेको भन्दै प्रबन्धक थापाले भन्सारमा रासायनिक मल ७ हजार १ सय टन मल राख्न सक्ने क्षमता रहेकाले त्यही अनुसार आयातकर्ता कम्पनीलाई आग्रह गरिएको बताए ।
उत्तरी नाकाबाट पनि रासायनिक मल भित्र्याएकाले यो वर्ष कृषकहरूले समयमै प्रयोग गर्न पाउने देखिएको छ । चीनबाट मल ल्याउन साल्ट ट्रेडिङले आव्हान गरेको ग्लोवल टेन्डरमार्फत सिल्कले अनुमति पाएको थियो । भारत हुँदै ल्याउने विकल्पमा गत वर्षदेखि तातोपानी नाकाबाट मल ल्याउन थालिएको छ । भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्य रूपमा एकतर्फ रूपमा सञ्चालनमा आइरहेको थियो । तर गत मे १ तारिकदेखि आयात निर्यातको लागि नाका सञ्चालनमा आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रासायनिक मलको कालोबजारी बढ्यो
मलको अभाव हुँदा खेती गर्न समस्या
साढे २५ अर्बको रासायनिक मल आयात
रासायनिक मलका लागि कतारसँग जीटुजी सम्झौतामा जोड
रासायनिक मल काठमाडौँ ढुवानी