काठमाडौँ । नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक जेठ २५ र २६ गते बस्ने भएको छ । नेसपाको शुक्रबार बसेको कार्यकारिणी समितिको बैठकले जेठ अन्तिम साता केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको हो ।
बैठकले पार्टीको आगामी कार्यदिशा तय गर्ने नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले बताए ।साथै, नेसपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रघाती अपराध र राज्यसत्ताको नांगो दुरूपयोग गर्ने उच्च तहका भ्रष्टाचारीलाई हदैसम्मको कारबाही गर्न खुट्टा नकमाउन सरकारलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ जेठ २०८०, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने
अर्को केन्द्रीय समिति बैठकले मात्र महाधिवेशनको मिति तय गर्ने
माओवादीको केन्द्रीय समिति बैठक सर्यो
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, तीन एजेन्डा तय
काँग्रेस केन्द्रीय समिति बैठक जारी, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी