काठमाडौं । साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिडमाथि सानदार जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ ।
सेमिफाइनलको दोस्रो लेगमा ४–० को तथा समग्रमा ५–१ को जित निकाल्दै सिटी उपाधि नजिक पुगेको हो ।सिटी र म्याड्रिड पहिलो लिगमा १–१ गोलको बराबरीमा खेलेका थिए ।
बुधबार राति भएको दोस्रो लिगमा सिटीलाई सानदार जित दिलाउन बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक÷एक गोल गरे । सिटी दोस्रोपटक च्याम्पियन्सको फाइनलमा पुगेको हो ।
यसअघि सिटी सन् २०२०–२१ को सिजनमा फाइनलमा पुगेपनि चेल्सीसँग पराजित भएको थियो ।अब सिटीले उपाधिका लागि १० जुनमा इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।
टर्कीको इस्तानबुलमा हुने फाइनलमा इन्टरलाई हराएर सिटी च्याम्पियन्स लिगको पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा इन्टर १३ वर्षपछि च्याम्पियन बन्ने योजनामा हुनेछ ।
इन्टरसँग च्याम्पियन्स लिगको फाइनल खेल्नुअघि सिटी प्रिमियर लिग र एफए कपको उपाधि नजिक छ ।सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । तीनै उपाधि जित्न सफल भए सिटी ट्रेबल जित्ने दोस्रो इंग्लिस क्लब हुनेछ ।
यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले पहिलो पटक ट्रेबल जितेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टर सिटी रियल मड्रिडसँग ३–२ ले पराजित
म्यानचेस्टर सिटी कारबाओ कपबाट बाहिरियो
हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित
म्यानचेस्टर सिटीको प्रिमियर लिगमा विजयी शुरुवात
टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा