काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको भन्दै प्राधिकरणले आफुखी शुल्क नबढाउने निर्देशन दिएको हो ।
प्राधिकरणको निर्देशन भन्दै केही सेवा प्रदायकले शुल्क बढाएका छन् । तर, प्राधिकरणले महशुल बढ्ने गरी कुनै निर्णय र सूचना नभएको बताएको छ ।शुल्क/महसुलदर दूरसञ्चार ऐन अनुसार प्राधिकरणबाट स्वीकृति सूचना प्रकाशित भएपछि मात्रै इन्टरनेट सेवा प्रदायकले महसुल बढाउन पाउँछन् ।
हालसालै कुनै पनि सेवा प्रदायकलाई महसुल बढाउने अनुमति प्रदान नगरिएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेलको लाइसेन्स नवीकरण गर्न प्राधिकरणको अस्वीकार
बक्यौता नतिरेसम्म विदेशी मुद्रा सटही सिफारिस गर्दैनौं : दूरसञ्चार प्राधिकरण