ढाका । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफूमाथि प्रतिबन्ध लगाउने देशबाट बङ्गलादेशले कुनै पनि सामान खरिद नगर्ने बताएकी छन् । बङ्गलादेशको इन्स्टिच्युट अफ इन्जिनियर्स, बङ्गलादेश (आईईबी) को ६०औँ अधिवेशनको शनिबार ढाकामा उद्घाटन गर्दै प्रधानमन्त्री हसिनाले उक्त कुरा बताएकी हुन् ।
उनले भनिन्, “अहिले आतङ्कवाद नियन्त्रण गर्नेहरूमाथि प्रतिबन्ध लगाउने प्रवृत्ति देखिएको छ । हामीले एउटा निर्णय गरेका छौं । मैले भनेको छु कि हामी प्रतिबन्ध लगाउनेहरूबाट केही पनि किन्ने छैनौ,”
हसिनाले यसअघि बङ्गलादेशको विशेष सुरक्षा बल एकाइ, -यापिड एक्सन बटालियन (आरएबी) का अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्धको निन्दा गर्दै यो कदम ‘अत्यन्त निन्दनीय कार्य’ भएको बताएकी थिइन् ।
उनले दक्षिण एशियाली मुलुकले आतङ्कवाद र आतङ्कवादी प्रवृतिलाई नियन्त्रण गर्ने प्रयासमा अभिजात वर्गले ठूलो योगदान पु-याएको बताइन् । डिसेम्बर २०२१ मा, अमेरिकी ट्रेजरी विभाग र विदेश विभागले आरएबी र यसका सात बहालवाला र पूर्व शीर्ष अधिकारीहरूमाथि मानव अधिकार उल्लङ्घन गरेको भन्दै प्रतिबन्धको घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०१ जेठ २०८०, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द
प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
बङ्गलादेशमा जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध फुकुवा
बङ्गलादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि, नयाँ सरकारलाई चुनौती
बङ्गलादेशमा युनुसद्वारा अन्तरिम सरकारको नेतृत्व ग्रहण