धरान। धनकुटामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । धनकुटाकाे चौविसे गाउँपालिका– ५ बोधेस्थित जङ्गलमा चितुवाको आक्रामणमा परी तीन जना घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय राजारानीका अनुसार यसरी घाइते हुनेमा २६ वर्षिय मुकेश याखा, ३० वर्षिय भुवन याखा र ३३ वर्षिय पविन याखा रहेका छन् ।
मौनाखोला नजिकको जङ्गलमा उनीहरुमाथी चितुवाले आक्रमण गरेको थियो ।सो आक्रामणमा परेका मुकेश र भुवनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अर्का घाइते पविनको भने स्थानिय मेडिकलमा उपचार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितुवाले आक्रमण गर्दा बालकको मृत्यु
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
पाल्पामा मृत भेटियो चितुवा
तनहुँमा आठ वर्षमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको ज्यान गयो
घरपालुवा जनावर मार्न थालेपछि टिकापुरमा चितुवाको त्रास
कञ्चनपुरमा चितुवाको आक्रमणबाट १ जना घाइते