काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकअन्तर्गत दोस्रो दिनको बैठक जारी छ । हिजोदेखि जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र मिसन ग्रासरुट अभियानको रिपोर्ट प्रस्तुतिपछि अहिले सामूहिक छलफल जारी छ ।ओलीको राजनीतिक प्रतिवेदन र प्रदेशगत रिपोर्टउपर ८ समूहमा छलफल भइरहेको छ ।
प्रदेशका तर्फबाट पेश भएका कार्ययोजनासमेतलाई वार्षिक कार्ययोजना बनाउन भोलि बिहान स्थायी कमिटी बैठक राखेर पुनः केन्द्रीय कमिटीको भोलिको बैठकमा कार्ययोजना प्रस्तुत गरिने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । आज बस्ने भनिएपछि छलफलको क्रम लम्बिएपछि भोलि बिहानलाई राखिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२२ बुँदे प्रस्ताव पारित गर्दै एमाले बैठक सम्पन्न (प्रस्तावसहित)
एमाले बैठक स्थलमा प्रविधि प्रदर्शनी
एमाले बैठकमा चार अवधारणामाथि समूहगत छलफल