बाल यौन दुराचारमा संलग्न दुई जना फ्रान्सेली नागरिक पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०७५, १९ : १५
बाल यौन दुराचारमा संलग्न दुई जना फ्रान्सेली नागरिक पक्राउ

काठमाडौं । बाल यौन दुराचारमा संलग्न दुई जना फ्रान्सेली नागरिक काठमाडौंको गौशालाबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बालयौन दुराचारमा संलग्न फ्रान्सेली नागरिकद्वय ३८ वर्षीय मिचेल चुपाऊ र ४२ वर्षीय क्रिस्टोफे ग्योलक्सलाई शुक्रबार विमानस्थल जाने क्रममा गौशालाबाट पक्राउ गरेको थियो ।

काठमाडौंको कागेश्वरी–मनहरा नगरपालिका भद्रबासस्थित एक घरमा डेरागरी बसेका उनीहरुमाथि करिव २२ दिनको निगरानीबाट बाल यौन दुराचारी भएको पुष्टि भएपछि पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरिएको व्यूरोका निर्देशक प्रहरी नायव महानिरीक्षक नारायणसिंह खड्काले जानकारी दिनु भयो । प्रहरीले निगरानी बढाएको पत्तो पाएपछि उनीहरु भाग्ने क्रममा पक्राउ गरिएको पनि व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ब्यूरोले निजहरुले स्थानीय १० देखि १४ वर्षका बालकहरुलाई फुटबल, चक्लेट, स्र्पोर्टस् ड्रेस किनिदिने, खाजा र खाना खुवाउने जस्ता काम गरेर पालैपालो बच्चाहरुलाई यौन दुराचार गरेको पनि जनाएको छ ।

पीडितहरुले दिएको उजुरीको आधारमा उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी कार्वाही प्रक्रिया अघि बढाएको पनि व्यूरोका निर्देशक खड्काले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस