काठमाडौँ । संघीय संसद् अन्तरगत राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ । चौधौँ अधिवेशनको पहिलो बैठक अपराह्न ४:०० बजे बस्ने तालिका रहेको छ । संघीय संसद्को महासचिव डा. भरतराज गौतमका अनुसार भोलिको बैठकमा राष्ट्रिय सभाका अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
त्यस्तै अन्य सम्भावित दैनिक कार्यसूचीमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने रहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सभा समक्ष पेस गर्नेछन्।
त्यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आ.व. २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस्" भन्ने प्रस्ताव पेस गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ बैशाख २०८०, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक बिहिबार सवा १२ बजेसम्मका लागि स्थगित
राष्ट्रियसभा बैठक पनि अवरुद्ध
दलितको घर भत्काइएको घटना : छानबिन गर्न संसदीय समिति गठनको माग
राष्ट्रियसभाको बैठक आइतबार बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
राष्ट्रियसभा बैठक सुरु, यस्ता छन् कार्यसूची
राष्ट्रियसभा बैठक चैत ४ गतेसम्म स्थगित