प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न रामचन्द्र पौडेलको चेतावनी

सफल खबर संवाददाता

सोमबार, ०७ साउन २०७५, १९ : ३७
प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न रामचन्द्र पौडेलको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जथाभावी नबोल्न चेतावनी दिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरंकुश हुन नदिन आफूहरुको सरकार विरोधी आन्दोलन सुरु गर्नु परेको स्पष्ट पार्नु भयो । सोमबार पार्टीमा आवद्ध नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहा“ले प्रधानमन्त्री केपी ओलीलाई देश र जनताप्रति जवाफदेही हुन सचेत गराउनु भयो । वरिष्ठ नेता पौडेलले जनताको विरोधको आवाजमाथि जब्बर्जस्ती प्रतिबन्ध गराउने कोशिस भईरहे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिनु भयो । गोविन्द केसीको माग सम्बोधन नगरेको, नागरिक अधिकार हनन् हुनेगरी कर बढाएको, काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र ताकेको, महंगी नियन्त्रण नगरेकाले सरकार विरुद्ध आन्दोलन गर्नु परेको वरिष्ठ नेता पौडेलको भनाई छ ।
वरिष्ठ नेता पौडेलले सरकारलाई गलत बाटोमा जान नदिन पनि आफूहरुले खवरदारी गरिरहेको दावी गर्नु भयो । लोकतन्त्रको बाटोमा अवरोध आउने काम सरकारबाट भए सैह्य नहुने पौडेलको चेतावनी थियो ।

 

प्रतिक्रिया दिनुहोस