काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, गठबन्धनमा रहेपनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठकसमेत बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० बैशाख २०८०, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
आवश्यक परे अध्यादेश ल्याउन सकिन्छ, तर अहिले तयारी छैन : प्रधानमन्त्री ओली
काँग्रेस सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने चलखेलमा छ : एमाले
वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागि परे : केपी ओली
गठबन्धन कार्यदलको बैठक बालुवाटारमा