काठमाडौं।उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगले २०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्त दिन आह्वान गरेको हो ।सम्बन्धित उम्मेदवारहरुले जेठ १८ गतेभित्र पुनः दरखास्त पेश गरिसक्नुपर्ने र पुनः दरखास्त दिँदा शुल्क तिर्न नपर्ने लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।
लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी)बाट मेटिएका डाटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त माग गरेको हो ।डाटा रिकभरीको प्रयास भइरहेको तर यो प्रक्रिया कहिलेसम्म पूरा हुने र के कति डाटा रिकभरी हुने एकिन गर्न नसकिने भएकाले २०८० साल जेठ महिनादेखि सन्चालन हुने गरी तोकिएका परीक्षा प्रभावित भएको आयोगले जनाएको छ ।
पुनः दरखास्त दिँदा पहिले जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्ने छ । पुनः दरखास्त प्राप्त भएपछि साविकमा स्वीकृत भइसकेका दरखास्तहरु अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रबन्ध मिलाइएको आयोगले जनाएको छ । साथै साविकमा स्वीकृत हुन बाँकी रहेका दरखास्तसँग सम्बन्धित पुनः दरखास्तहरु जाँच गरी यथाशीघ्र स्वीकृतिको कार्य सम्पन्न गर्ने पनि आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० बैशाख २०८०, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
कीर्तिपुरमा जसपा नेपालबाट तेस्रो लिङ्गी उम्मेदवार
कीर्तिपुरको मेयरमा नेमकिपाका महर्जनको उम्मेदवारी
बझाङमा उम्मेदवारलाई चुनाव चिह्न प्रदान
उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, आजै चुनाव चिह्न प्रदान गरिने
उपनिर्वाचन : उम्मेदवारको नाम आज सार्बजनिक गरिने