काठमाडौं । एसीसी प्रिमियरको फाइनल खेलमा यूएईविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।
टियु मैदानमा भएको टसमा नेपालले टस जितेर बलिङ रोजेको हो ।
नेपालले टिममा एक परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राख्दै उनको स्थानमा गुलसन झालाई प्लेइङ ११ मा ल्याइएको छ ।
नेपालको प्लेइङ-११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर) , कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललितनारायण राजवंशी ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’विरुद्ध पहिले फिल्डिङ गर्दै