काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिसिल्सना औपचारिक भ्रमणका लागि गए राती कम्बोडिया प्रस्थान गरेका छन् ।
कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिनका लागि अध्यक्ष तिमिल्सिना आइतबार राती कम्बोडिया प्रस्थान गरेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटि अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वल्ड बुद्दिष्ट फाउन्डेसनको पेट्रोन अफ द वल्र्ड बुद्दिष्ट अनोररी डक्ट्रेट ईन ह्युमानिटीको मानार्थ पदाबधी प्रदान गरिदैछ।
अध्यक्ष तिमिल्सिनाको भ्रमण दलमा बागमती प्रदेश सभाका सदस्य अमन मास्के र संघीय संसद सचिवालयका उपसचिव नुमराज खनाल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायण दाहालले लिए राष्ट्रियसभा अध्यक्षको शपथ
भोलि राष्ट्रियसभा अध्यक्षको निर्वाचन : संसद सचिवालयद्वारा सम्भावित कार्यसूची सार्वजनिक
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको शिष्टाचार भेट