सुर्या लाईफ ईन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०७५, २० : ५१
सुर्या लाईफ ईन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएका बैंकको २३२ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दामुलुकभर २३२शाखाकार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

प्रतिक्रिया दिनुहोस