ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्री पुनले यस्तो दिए निर्देशन

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०७५, २० : ४४
ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्री पुनले यस्तो दिए निर्देशन

काठमाडौं । विद्युत लाइन वितरण गर्न प्रयोग गरिएका काठका पोल विस्थापित गर्न ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्री वर्षमान पुनले निर्देशन दिएका छन् ।
मेछाप लगायत मुलुकका विभिन्न ठाउँमा विजुलीको नांगो तारले छोएर चारजनाको ज्यान गएको घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले दुःख व्यक्त गरेका छन् ।
ती घटनाप्रति ध्यानकर्षण भएको जनाउँदै ऊर्जामन्त्री पुुनले आइतबारनै ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ, सामुदायिक विद्युत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीसँग छलफल गरेका हुन् ।
ऊर्जामन्त्री पुुनले आइतबार नै ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ, सामुदायिक विद्युत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीसँग छलफल गरेका छन् ।
मन्त्री पुनले काठ र स्टिलका पोलहरूका कारणले मानवीय क्षती बढिरहेको भन्दै तत्काल समस्याको समाधान गर्न निर्देशन दिए । उनले विद्युतीकरणको सुरक्षाको पाटोलाई ध्यान आग्रह समेत गरेका छन् ।
विद्युतीकरणमा गुणस्तरहीन कामसमेत हुने गरेको उल्लेख गर्दै ऊर्जामन्त्री पुनले गुणस्तरयुक्त काम बनाउने दिशातर्फ ध्यान दिन पनि निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस