आइएमई पे र नेपाल वायुसेवा निगमबीच सम्झौता

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०७५, १८ : ०२
आइएमई पे र नेपाल वायुसेवा निगमबीच सम्झौता

काठमाडौँ । ‘आइएमई पे’ र नेपाल वायुसेवा निगमवीच हवाई टिकट खरिद गर्न सक्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार ‘आइएमई पे’ मा आवद्ध सेवाग्राहीहरूले ‘आइएमई पे’ को प्रयोग गरि नेपाल वायुसेवा निगमद्वारा संचालित विभिन्न गन्तव्यका लागि उडान भर्ने जहाजको टिकट निकट भविष्यमै खरिद गर्न सक्नुहुनेछ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा
तेहृ हजारभन्दाबढी एजेण्ट आउटलेट संजाल भएको आइएमई पे आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२” बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ । आईएमई डिजिटलले “आईएमई पे” ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिंङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।


 

प्रतिक्रिया दिनुहोस