विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको अन्त्येष्टि

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०७५, १७ : ०५
विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको अन्त्येष्टि

काठमाडौं । विश्वहिन्दु महासंघका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ । ललितपुरस्थित बयोधा अस्पतालमा उपचारको क्रममा आईतबार विहान निधन भएका सिंहको पशुपति आर्यघाटमा अन्त्यष्टि पनि गरिएको छ ।

८२ वर्षीय सिंहको हृदयघातका कारण निधन भएको थियो । सिंह पूर्व शाही पाश्र्ववती रहेका थिए । ज्ञानेन्द्रको शाही शासनपनि राजनीतिक दलहरुलाई चर्को आलोचना गरेपछि सिंह बढि चर्चामा आएका थिए । नेपाली सेनाको पूर्व उपरथी सिंहले लामो समय राजदरबारको सेवामा बिताएका थिए ।

प्रतिक्रिया दिनुहोस