देउवाको आक्रामक बोली– कम्युनिष्टहरुको अधिनायकवादी शैली विरुद्ध लड्न तयार रहनुस्

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०७५, १३ : १७
देउवाको आक्रामक बोली–  कम्युनिष्टहरुको अधिनायकवादी शैली विरुद्ध लड्न तयार रहनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कम्युनिष्ट सरकारको अधिनायकवादी शैलीको प्रतिकार गर्न सबैलाई एकजुट हुन पनि निर्देशन दिएका छन् ।  
बीपी स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अधिनायकवादी कम्युनिष्ट शासन विरुद्ध लड्न तयार रहन निर्देशन दिएका हुन् ।

देउवाले बीपी कोइरालाले ‘कम्यूनिसटहरुसँग मिल्नु हुँदैन’ भनेको कुरा अहिले बुझेको बताएका छन् । कम्युनिष्टहरुलाई विपिले पहिले नै चिनेको तर आफुहरुले अहिले मात्रै चिन्दै आएको भन्दै उनले जनताको खिलाप र प्रजातन्त्रको खिलापमा स्थापना गर्न खोजिएको एकदलीय सर्वसत्तावादी शासनको कडा प्रतिवाद गर्नुपर्ने देउवाले बताए । ‘प्रजातन्त्रका लागि हिजो पञ्चायतसँग लड्यौ, राणासँग लड्यौ, भोली कम्ष्युनिष्टसँग लड्न परे लड्छौ । यही हो आज विपि कोइराला प्रतिको श्रद्धाञ्जली’ देउवाको भनाई छ ।

उनले डाक्टर केसीका माग जायज रहेकाले पुरा नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिदै चिकित्सा शिक्षा विधेयक हुबहु पास हुनुपर्ने बताए ।

शान्तिपुर्ण विरोध गर्न पाउने जनताको अधिकार रोक्नका लागि काठमाडौमा विभिन्न क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेर पहिलो पल्ट जनताको अधिकार कुण्ठित पार्ने काम गरेको भन्दै उनले एकदलीय तानाशाही सर्वसत्तावादी शासन विरुद्ध एकजुट हुन कार्यकर्तालाई निर्देशन दिए ।   प्रजातन्त्र विरोधी, मानवअधिकारविरोधी सरकारको निर्णयको कडा प्रतिकार गर्नुपर्नेमा उनको जोड थियो ।
‘तथाकथित निषेधित क्षेत्र घोषणा गरेर जनताको अधिकार कुष्ठित गर्न खोजिरहेका छन् । आज उनीहरुले जुलुश गर्न दिदैनन्, भोली बोल्न दिन्नन्, लेख्न दिन्नन् ,सच्चा मानेमा कम्युनिष्टहरु प्रजातन्त्रवादी हुदै होइनन्’ देउवाको आरोप छ ।

 

 

प्रतिक्रिया दिनुहोस