राजधानीको वसन्तपुरमा सामूहिक अनशन सुरु

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०७५, ११ : ०९
राजधानीको वसन्तपुरमा सामूहिक अनशन सुरु

काठमाडौं । अनशनरत डाक्टर गोविन्द केसीका समर्थकले आज राजधानीको वसन्तपुरमा सामूहिक अनशन सुरु गरेका छन् ।

सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजेदेखि शुरु भएको अनशन साँझ ५ बजेसम्म जारी रहने छ ।

डाक्टर केसीका सहयोग प्रितम सुबेदीका अनुसार २०० जना अनशनमा सहभागी जनाउने भनेपनि अहिलेसम्म ५० जनाले भाग लिएका छन् ।
दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गरिएको केसीका समर्थक सुबेदीले बताए ।

प्रतिक्रिया दिनुहोस