डा. बाबुराम भट्टराई आज रुस भ्रमणमा जाने

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०७५, ०९ : ३८
डा. बाबुराम भट्टराई आज रुस भ्रमणमा जाने

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई आज रुस भ्रमणमा जाँदै छन् ।  डा. भट्टराई प्राज्ञिक भ्रमणका लागि रुस जान लागेका हुन् ।

भ्रमणका क्रममा उनी रुस हुँदै युरोपका विभिन्न देशहरु (स्वीडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटली) पनि जाने बताइएको छ ।

साथै डा. भट्टाईले प्रवुद्ध मण्डल, चिन्तक, प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुसँग भेटघाट, अन्तरक्रिया तथ छलफल गर्नेछन् ।

आफ्नो ज्ञानको दायरा फराकिलो पार्न तथा आफ्नो अनुभव आदानप्रदान गर्न भ्रमण केन्द्रित हुने डा. भट्टराईले बताए ।

भ्रमणकै क्रममा उनी गैह्र आवासीय नेपाली संघको निमन्त्रणामा साउन १३ गतेदेखि लक्जमवर्गमा हुने गैह्र आवाशीय नेपाली संघको युरोपीय क्षेत्रीय वैठकमा पनि सहभागी हुनेछन् ।

त्यस्तै उनले जर्मनीमा रहेका नेपालीहसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ । ड. भट्टराईसँग भ्रमणमा पूर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी पनि सहभागी हुनेछिन् । डा. भट्टराई साउन २३ गते काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस