काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने बताएका छन्। कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न उनले निर्देशन दिए।
बिहीबार विराटनगर भन्सार निरीक्षणका क्रममा मन्त्री डा. महतले कर्मचारीहरूलाई कामका आधारमा गर्ने बताएका हुन् । उनले भने, ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छूट कसैलाई छैन। भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं, मलाई विश्वास छ, तपाईंहरूले राम्रो गर्नु हुनेछ, राम्रो गर्न कोसिस गरिराख्नु भएको छ।’
‘कुनै पनि कर्मचारीले पारदर्शिता, कर्तव्यनिष्ठा देखाउने छन् भन्ने कुरामा मलाई विश्वास छ, यो आर्थिक वर्ष असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने मैले अपेक्षा गरेको छु,’ उनले भने, ‘राजश्व बढाउन हामीले करदातालाई अनावश्यक दुःख दिनु हुँदैन। तर नियम कानुनले दिएको छ, त्यसमा कर्मचारीले कार्यान्वयन गर्न चुक्नु हुँदैन भनेर अनुरोध गर्छु।’
कर्मचारीको कामका आधारमा मन्त्रालयले दृष्टिकोण बनाउने उनले बताए। ‘कामबाहेक अन्य कुनै कारण अथवा पृष्ठभूमिबाट तल-माथि लैजाने र ल्याउने काम अर्थमन्त्रालयले गर्दैन, जिम्मेवारी वहन एउटै मात्र आधार हो,’ उनले भने, ‘यही अनुरुप काम गर्न म सम्पूर्ण कर्मचारी साथीहरूलाई अनुरोध गर्छु।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ बैशाख २०८०, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री पौडेललाई आज डिस्चार्ज गरिने
अब निर्माण व्यवसायीको बिल रोकिँदैन : अर्थमन्त्री पौडेल
अध्यादेश संसदलाई छल्न ल्याइएको होइन : अर्थमन्त्री पौडेल
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल
आवश्यकताका आधारमा अन्तर्राष्ट्रिय सहयोग लिने विषयमा समीक्षा हुनु जरुरी : अर्थमन्त्री
अर्थमन्त्री पौडेल स्वदेश फिर्ता