चितवन। प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय विकासले मात्र पनि नागरिक सन्तुष्ट नभएको स्थिति महसुस भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको तेस्रो संस्करणको कान्तिपुर इकोनमिक समिट २०२३ मा बोल्दै प्रधानमन्त्री दाहालले चितवन र भरतपुर महानगरपालिकाको विकासका लागि आफूले असाधारण योगदान गरे पनि जनता सन्तुष्ट नभएको बताएका हुन् ।
उपचुनावको परिणामलाई संकेत गर्दै दाहालले भने, कहिलेकाहीँ मलाई के महसुस हुन्छ भने विकास गरेपछि जनता सन्तुष्ट हुन्छन् भन्ने मात्र पनि रैनछ । गएको ५ वर्षमा चितवनको जनप्रतिनिधिका रूपमा मैले चितवनमा सिंगै र भरतपुर महानगरपालिकामा विकासको जुन स्तर भएको छ जुन अभूतपूर्व र असाधारण छ । तर विकासले मात्र जनतालाई सन्तुष्ट गर्न सक्दो रहेनछ । कहाँनेर के मिसिङ छ हामी सबैले आत्मसमीक्षा गर्नु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री दाहालको सम्पत्तिः चितवनमा १५ कट्ठाको घर-घडेरी, २५ लाख मौज्दात
सत्तारुढ दलको बैठक बोलाउने प्रधानमन्त्री प्रचण्डको तयारी
स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
चुरे क्षेत्रमा एक करोड बाँस रोप्छौँ : प्रधानमन्त्री
विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री प्रचण्ड