इटहरी । इटहरी उपमहानगरपालिका–२ पशुपति चोकस्थित केदर श्रेष्ठको घरमा जुवा खेलिरहेका सात जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–२ का ३४ वर्षीय दिपक थापासहित ७ जना रहेका प्रहरीले जनाएको छ ।
जुवा खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलवार दिउँसो पक्राउ गरेको हो ।प्रहरीकाअनुसार उनीहरुको साथबाट २५ हजार ७ सय ९५ रूपैयाँ नगद र ६ बुक तास बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२ लाख रुपैयाँसहित २६ जुवाडे पक्राउ
कञ्चनपुरमा डेढ लाखसहित ३७ जुवाडे पक्राउ
भैंसेपाटीस्थित सेकुवा कर्नरबाट ६ जना जुवाडे पक्राउ