काठमाडौँ । इङवा हाइड्रोपावरले बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ।
कम्पनीले आज वैशाख १३ गतेबाट १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको हो।
यसमध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ। त्यस्तै, ५% अर्थात् ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याइएको छ।
बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्दै
सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
आइपीओ जारी गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावर
विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै