कर तिर्दिन भन्दै व्यवसायीहरु अर्थमन्त्री कहाँ पुगेपछि !

सफल खबर संवाददाता

शनिबार, ०५ साउन २०७५, १४ : ३३
कर तिर्दिन भन्दै व्यवसायीहरु अर्थमन्त्री कहाँ पुगेपछि !

काठमाण्डौँ । गत आइतबार उद्योगी व्यवसायीको एक टोली अर्थमन्त्री डा युवराज खतिवडालाई भेटन पुग्यो । उनीहरुको एउटै उदेश्य थियो, कर नतिर्ने र त्यसका लागि अर्थमन्त्रीलाई फकाउने ।

महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले साना व्यवसायीलाई भ्याटमा  अनिवार्य दर्ताबाट पर्न गएको समस्या समाधानका लागि आग्रह मात्रै गरेनन, राज्यलाई कर नतिर्ने, जबरजस्ती गरे, आन्दोलन गर्ने चेतावनी समेत दियो ।

उनीहरुले साना तथा मझौला उद्यमी व्यवसायीलाई मूल्य अभिवृद्धि करमा अनिवार्य दर्ता गर्ने व्यवस्था आफूलाई लागू हुन नसक्ने बताए । महिलाको नाम लिदै उद्यमशीलता विकास कोषको रकम वृद्धिलगायत गुनासो मात्रै गरेनन, उनीहरुले राज्यलाई कर नतिर्ने धम्की समेत दिए ।

साना व्यवसायलाई अनिवार्य भ्याटमा  दर्ताको व्यवस्थाबाट यी पेशा व्यवसाय लोप भएर जाने परिस्थिति उत्पन्न भएकाले पुनःविचार गर्न आग्रह गरिएको भएपनि उनीहरुले आफू्हरु कर तिर्न नसक्ने, अवैध काम गर्न पाउनुपर्छ भन्ने मान्यताबाट निर्देशित थिए ।

प्रधान तिनै व्यक्ति हुन् जो नक्कली भ्याट बिल प्रकरणमा समेत तानिएका छन् । सरकारलाई कर तिर्न मरेको जस्तो गर्ने तर उपभोक्तालाई जसरी पनि ठग्न पाउनुपर्छ भन्ने मान्यता राख्ने प्रधानलगायतको समूहलाई छानबिनको दायरामा ल्याउने तयारी गरेको बुझिएको छ ।

जवाफमा अर्थमन्त्री डा खतिवडाले महासंघबाट ससाना व्यवसायलाई अनिवार्य भ्याटमा दर्ता हुने व्यवस्थामा पुनःविचार गर्न गरिएको आग्रह, समस्या तथा सुझावमा मन्त्रालयले सक्दो ध्यान दिने तर कर तिर्दिन भन्दै आउनेलाई आगामी दिनमा मन्त्रालयमा छिर्न नदिने चेतावनी समेत दिए ।

निश्चित समयका लागि महिला उद्यमशीलता विकास कोषका लागि मागअनुसारको रकम थप गरी महिला उद्यमीलाई ऋण प्रवाहमा सहयोग गर्ने तर कर तिर्दिन भन्न नपाइने उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस