बानेश्वरमा डा केसी समर्थक र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

सफल खबर संवाददाता

शनिबार, ०५ साउन २०७५, १४ : २१
बानेश्वरमा डा केसी समर्थक र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं । डा. गोविन्द केसीका मागको समर्थनमा  तरुण दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । डा. गोविन्द केसीका समर्थकहरुको कार्यक्रम भइरहेका बेला तरुण दलको पनि प्रदर्शन पुगेको थियो ।

तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस