बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताएका छन । नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले उपनिर्वाचन लगत्तै केहि दिनमै प्रदेश सरकारले पूर्णता पाउने बताए ।
उनले भने,“ केन्द्रमा गठबन्धन सरकार बनेकाले सोही अनुसार प्रदेश सरकारहरु बन्छ, केन्द्रीय गठबन्धन अनुसार प्रदेश सरकार विस्तार हुने भएकाले उपनिर्वाचनपछि सुदूरपश्चिम सरकारले पनि पूर्णता पाउछ ।”
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदको समर्थन रहेको छ । शाह माघ २६ गते मुख्यमन्त्रीमा गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन । मुख्यमन्त्री नियुक्त भएको ७१ दिनसम्म पनि प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन् ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले पश्चिम सेती परियोजनाको काम अघि बढ्ने जानकारी दिए। उनले भने“ पश्चिम सेती सुदूरपश्चिम प्रदेशको मात्रै नभएर देशकै भविष्यसंग जोडिएको छ, यो परियोजनाले विकासमा सहयोग पुर्याउने भएकोले अबको ६ महिना भित्र देखिने गरेर काम अगाडी बढ्ने विश्वास छ ।”
पहिलो पटक जिल्ला भ्रमणमा रहेकाले जिल्लाहरुको वस्तुस्थिती बुझ्ने सोहि अनुसार आगामी बर्षको बजेट र कार्यक्रम तर्जुमा गरिने विश्वास दिलाए । उनले भने, “मुख्यमन्त्री भइसकेपछि म प्रदेशका सबै जिल्ला भम्रण गर्न गइरहेको छु, सबै जिल्लाहरुको वस्तुस्थिती बुझेर सोहि अनुसार बजेट निर्माणको गरर्छौ ।” सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानिकर्ताहरुलाई आह्वान गरेको र निर्धक्क रुपमा लगानि गर्न आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ बैशाख २०८०, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरक्षणमा नयाँ विधिसहित सुझाव समितिले बुझायो मुख्यमन्त्री शाहलाई प्रतिवेदन
अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह
मुख्यमन्त्री शाहले पाए दुई तिहाइ सदस्यको विश्वासको मत
घोडाघोडीको कायापलट हुने गरी विकास गर्ने मुख्यमन्त्री शाहको दाबी