काठमाडौं । प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बाले सरकारले पुरानै अवस्थाबाट जग्गाको कित्ताकाट खोल्नु देशको वर्तमान परिवेश विपरित भएको बताएकी छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य सुब्बाले मन्त्रिपरिषद्ले भू–उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्नु दुःखद् भएको बताइन्।
उनले पुरानौ अवस्थाबाट जग्गाको कित्ताकाट गर्नु वर्तमान परिवेश विपरित भएको बताइन्। यसले कृषिभूमि समाप्त पार्ने बाटो खोल्ने बताइन् । उनले जमिनको दलालीकरण बढाउने पनि उल्लेख गरिन् । उनले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ बैशाख २०८०, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल-भारत सीमामा परिचयपत्र लागू गरौं : सांसद सुब्बा