हृदयाघातका कारण अमेरिकामा एक नेपाली युवाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, ११ : ४७
हृदयाघातका कारण अमेरिकामा एक नेपाली युवाको मृत्यु

काठमाडाैं।गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका– ४ बलेटक्सार स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका विशाल ज्ञवालीका हृदयाघातका कारण निधन भएको छ ।अप्रिल १६ तारिखका दिन अमेरिकामा उनको मृत्यु भएको हो गुल्मी बलेटक्सार बजारका ज्ञवालीको निधनमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जली व्यक्त गरेका छन्। ‘यात्राको बीचमै पुल चुँडिएजस्तो भयो,’ विशालको तस्वीर राख्दै प्रदीपले लेखेका छन् ।

ज्ञवालीका पत्नी र एक छोरी अमेरिकामै छन् ।ज्ञवालीकी पत्नी समिता शर्माले छोरीको भविष्यका लागि भन्दै आर्थिक सहयोगको अपिल गरेकी छिन् । गुल्मीमै शिक्षण पेशामा रहेका विशालका दाइ निर्मल ज्ञवालीको केही वर्षअघि निधन भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस