के तपार्इ मर्निङ्ग वाक गर्ने गर्नुहुन्छ ? विशेष ख्याल गर्नुस् यि कुराहरूलार्इ

सफल खबर संवाददाता

बुधबार, ०२ साउन २०७५, १९ : २४
के तपार्इ मर्निङ्ग  वाक गर्ने गर्नुहुन्छ ? विशेष ख्याल  गर्नुस् यि कुराहरूलार्इ

दैनिक मर्निङ्ग वाल्क जानु स्वास्थ्यको लागी निकै लाभदायक छ । यसले हामीलाई विभिन्न समस्याहरुबाट बचाउँछ । जसले गर्दा हामी सधैं स्वास्थ्य रहन्छौं । मर्निङ्ग वाकले मानिसलाई शारीरिक रुपमा तन्दरुस्त राख्छ । तर हामीले मर्निङ्ग वाल्क जाँदा धेरै कुराहरुमा ध्यान दिनुपर्छ । जसले हाम्रो स्वास्थ्यलाई कुनै पनि प्रकारको हानी नहोस ।

मर्निङ्ग वाक जाँदा ध्यान दिनुपर्ने कुराहरु यस्ता छन् :

१. सबेरै उठ्ने: बिहानको साढे ४ देखि ८ बजेभित्र मर्निङ वाक गरिसक्दा राम्रो मानिन्छ। कम्तिमा पनि सुरुका दिनमा आधी घण्टासम्म हिड्नु पर्छ ।

२. हिँड्ने तरिका: बिहान उठेर सिधै दौडने वा सरासर हिँड्ने मर्निङ वाक होइन । सुरुमा बिस्तारै पाइला अगाडि बढाउने हात पनि बिस्तारै अगाडि पछाडि लैजाने । त्यसपछि छिटो-छिटो हिँड्ने र हात पनि छिटोछिटो चलाउने । छातीलाई फुलाएर हात र खुट्टालाई राम्ररी चलेर हिड्नु पर्छ ।

३. कपडाको छनौट: मर्निङ वाक जाँदा मौसम अनुसार सजिलो, हलुका तर लामा बाउला भएको कपडा लगाउनु उपयुक्त हुन्छ। ‘ग्रिप’ भएको नचिप्लिने जुत्ता अनिवार्य मानिन्छ। छोटा लुगा लगाएर हिँड्नु सुरक्षाको दृष्टिले राम्रो होइन।

४. गीतसंगीत: मर्निङ वाकमा सकेसम्म आध्यात्मिक गीत र ‘इन्स्ट्रुमेन्टल’ धुन सुन्नु राम्रो हो। यस्तो संगीतले मर्निङ वाक गर्दा ध्यान एकाग्र हुनुका साथै हिँड्नमा ऊर्जा थपिन्छ । शान्तिलाई भड्काउने खालको संगीत नसुनेकै राम्रो ।

५. इयरफोन कानमा नराख्ने: मर्निङ वाक गर्दा हेड सेट वा इयर फोन कानमा हाल्नु हुँदैन। सधैँ इयर फोन राखेर हिँड्दा कानमा असार पुग्न सक्छ। मोबाइलको स्पिकर लाउड मोडमा राखेर गीत-संगीत सुन्नु राम्रो हो।

६. गफ गरेर नहिँड्ने: मर्निङ वाक गर्दा साथीसँग जिस्केर, गफ्फिएर हिँड्नु राम्रो होइन। साथी सँगै भए पनि गफ नगरी आफ्नै धुनमा हिँड्नु राम्रो हो।

७. नुहाउने तरिका: मर्निङ वाक गरिसकेपछि नुहाउनु अनिवार्य मानिन्छ। पसिनाको गन्धलाई हाटाउन र शरीरमा स्फूर्ति ल्याउन पनि नुहाउनु जरुरी छ।

८. खानपानमा ध्यान: मर्निङ वाक सुरु गरेपछि खानपानमा पनि ध्यान दिनु जरुरी हुन्छ। सागपात र पोषिलो खानेकुरामा बढी जोड दिनुपर्छ। फ्रेस जुस पिउँदा हुन्छ। राति अबेरसम्म नबसी ठीक समयमा सुत्नुपर्छ।

९. कुकुरलाई साथै लिई नहिँडौं: मर्निङ वाकमा जाँदा कुकुर पनि सँगै लिएर हिँड्नेहरु धेरै भेटिन्छन्। एक त कुकुरसँगै हिँड्नुपरेपछि मर्निङ वाकको आनन्द लिने कि कुकुरको गोठालो लाग्ने? त्यसमाथि कुकुरलाई मान्छे हिँड्ने बाटोमा दिसा गराइरहेकाहरु पनि धेरै हुन्छ।

१०. धूमपान-मद्यपान नगर्ने: मर्निङ वाकमा कहिले पनि धूमपान गर्नु हुँदैन। यसै पनि धूमपानले आफूलाई मात्रै होइन अरुलाई समेत हानी पुग्छ। मद्यपानले शरीर र मनलाई एकाग्र बन्न दिँदैन।

११. समाचार नसुन्ने: मर्निङ वाक गर्दा धेरैले रेडियोमा समाचार सुन्दै हिँडेको पाइन्छ। तर, मर्निङ वाकमा यसलाई राम्रो मानिँदैन। समाचारमा लडाइँ, आतंक, तनाव जस्ता नकारात्मक कुरा प्रमुख विषय बनेका हुन्छन्। मर्निङ वाकमा नकारात्मक कुराहरु कानमा पर्दा तपाईंको दिन कसरी सकारात्मक होला? त्यस्ता समाचारले मनको एकाग्रता भंग गरिदिन्छन्।

प्रतिक्रिया दिनुहोस