काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना प्रहरी नायब महानिरीक्षक (डिआइजीपी)को काज सरुवा गरेको छ ।
प्रहरी प्रवक्तासमेत रहेका डिआइजीपी पोषराज पोखरेलको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा र योजना तथा अन्वेषण निर्देशनालयका रामदत्त जोशीलाई विशेष ब्यूरोमा सरुवा गरेको हो ।
पोखरेलको सरुवा भएसँगै प्रहरी प्रवक्ताको जिम्मेवारीसहित प्रहरी महानिरीक्षकको सचिवालयमा डीआइजीपीको पद रिक्त भएको छ भने जोशी जिम्मेवारी सम्हालिरहेको अन्भेषण निर्देशनालय पनि रिक्त भएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार केही दिन भित्रमा नै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डीआईजीपीमा बढुवा गर्ने तयारी भइरहेकाले रिक्त रहेका स्थान बढुवापछि पदपूर्ति हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ चैत्र २०७९, २१ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइतीघरमा आन्दोलनरत डाक्टर र प्रहरीबीच धकेलाधकेल
नेपाल प्रहरीले माग्यो १४५ जना कर्मचारी (सूचनासहित)
‘टुवाइसी’ को भरमा प्रहरी सङ्गठन
१५ चैतमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिबारे सूचना दिन प्रहरीको अुनरोध
जनकपुरमा प्रहरी र स्थानीयबीच झडप
प्रदर्शनकारीहरू ढुङ्गा हान्दै बानेश्वरतिर अघि बढेपछि बल प्रयोग : प्रहरी