काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विभिन्न समयमा सांसदले राखेकाे जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त रुलिङ गरेका हुन् ।
“विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसदले जनसरोकारका विविध विषयमा कुरा उठाइरहनुभएको छ”, सभामुख घिमिरेले भने, “प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म उठेका प्रश्नहरुको जवाफ दिन निर्देशित गर्दछु ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ चैत्र २०७९, १५ : ५५
लेखकबाट थप