प्रवक्ता बने गगन थापा

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिए डा. केसीले अनसन तोड्ने : गगन थापा

सफल खबर संवाददाता

बुधबार, ०२ साउन २०७५, १४ : ३५
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिए डा. केसीले अनसन तोड्ने : गगन थापा

फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता लिन सरकारसँग पुनः माग गरेका छन् । काँग्रेस नेता थापाले सरकारले हाल संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिए वरिष्ठ चिकित्सक गोविन्द केसीले पनि आमरण अनसन तोड्ने विश्वास पनि व्यक्त गरे ।

बुधबार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूहरुको सहमति अनुसार मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अघि बढाउन पनि सरकारसँग आग्रह गरे । उनले सरकारले वरिष्ठ चिकित्सक केसीलाई वार्ताको नाटक गरेर जब्र्बजस्त काठमाडौं ल्याउन चाहेको आरोप पनि लगाए ।

काँग्रेस नेता पौडेलले राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिए वार्तामार्फत् वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त थरे । उनले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा आम नागरिकलाई समान  अवसर दिन नचाहेको पुष्टि भएको दावी पनि गरे ।

प्रतिक्रिया दिनुहोस