झापा । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट ४० करोड ६१ लाख १८ हजार रुपैयाँ मूल्य बराबरको एक करोड २५ लाख ४७ हजार छ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ ।
गत आव २०७८/७९ को सोही आठ महिनाका अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट १७ करोड १७ लाख २१ हजार रुपैयाँ मूल्य बराबरको ५३ लाख ७४ हजार पाँच सय केजी अदुवा र सुठो भारत निकासी भएको थियो । उक्त आवको १२ महिनामा भने ३२ करोड ५४ लाख ३५ हजार रुपैयाँ बराबरको एक करोड एक लाख ७८ हजार एक सय ५० केजी अदुवा र सुठो भारत निकासी भएको थियो ।
यसैगरी चालु आव २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट पाँच अर्ब ८४ करोड ४६ लाख ७२ हजार मूल्य बराबरको ७२ लाख २१ हजार तीन सय ७४ केजी अलैँची भारत निर्यात भएको छ । गत आव २०७८/७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट तीन अर्ब २२ करोड २७ लाख २२ हजार रुपैयाँ बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैंची भारततर्फ निकासी भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । उक्त आवको १२ महिनामा भने चार अर्ब ७६ करोड ४३ लाख ८६ हजार रुपैयाँ बराबरको ५२ लाख ८० हजार चार सय ४२ केजी अलैँची भारत निकासी भएको थियो ।
मेची भन्सार कार्यालयले जनाएअनुसार चालु आव २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट एक अर्ब १० करोड ९१ लाख रुपैयाँ बराबरको तीन करोड ६८ लाख ६८ हजार छ सय छ क्युविक फिट प्लाइउड भारत निर्यात भएको छ ।
गत आव २०७८/७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट २९ करोड सात लाख चार हजार मूल्य बराबरको चार लाख ६४ हजार चार सय ५८ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो । उक्त आर्थिक वर्षको १२ महिनामा भने १० करोड ८० लाख ५२ हजार रुपैयाँ बराबरको २४ लाख ५० हजार आठ सय २२ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो ।
पूर्वी पहाडका जिल्लामा अलैँची र अदुवाको खेती हुने गरेको छ भने प्लाइउडका कारखाना अधिकांश यहाँ जिल्लामा रहेका भएता पनि यसको कच्चा पदार्थका रूपमा प्रयोग हुने रुखहरू भने पहाडी जिल्लाबाटै आउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २६ चैत्र २०७९, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिवेणीका किसान सुन्तला र अलैँची खेतीमा आकर्षित
एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन
अलैंचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
पूर्वी नाकाबाट पन्ध्र अर्बको चिया, अलैची र अदुवा निर्यात
नेपालबाट ७ अर्ब ४७ करोडको अलैँची निर्यात, सबैभन्दा धेरै भारतमा