एसिया छनोट: भियतनामसँग दोस्रो खेल खेल्दै नेपाल

सफल खबर संवाददाता

शनिबार, २५ चैत्र २०७९, ०७ : ४१
एसिया छनोट: भियतनामसँग दोस्रो खेल खेल्दै नेपाल

एजेन्सी । पेरिस ओलम्पिक महिला फुटबलअन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपाल भियतनामसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा फराकिलो हार भोगेको घरेलु टोली भियतनामसँग शनिबार सम्हालिएर मैदान प्रवेश गर्ने लक्ष्यमा रहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुने छ। यसअघि दशरथ रंगशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५-१ गोल अन्तरले पराजित गरेको थियो।

भियतनाम आफ्नो रवाफिलो उपस्थितलाई दोस्रो खेलमा पनि कायम राख्ने ध्याउनमा रहेको छ।

नेपाल भने पहिलो खेलमा बेहोरेको फराकिलो हारबाट जोगिएर सान्त्वना जितको लक्ष्यमा रहेको छ।

पहिलो खेमला गोलरक्षक र डिफेन्समा देखिएको कमजोरीलाई सुधार्नुपर्ने चुनौती नेपाललाई रहेको छ। नेपालका मुख्य प्रशिक्षक अनन्त राज थापाले दोसो खेलमा पहिलो खेलका गल्तीहरु सुधार गर्ने बताएका छन्।

छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र प्रतिस्पर्धा गरिरहेको छ। यो समूहमा प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र रहेका छन्।

दुई लेगअन्तर्गत भइरहेको खेलमा समग्रमा अघि रहने टोलीले ओलम्पिक छनोटको दोस्रो चरणमा स्थान बनाउने छ।

प्रतिक्रिया दिनुहोस